दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा फाइल झिकाउन आदेश
फाल्गुन ११, २०८२ | काठमाडौं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयको फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले गत फागुन ४ मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको सक्कल फाइल मगाउन आदेश दिएको हो ।
प्रसाईंको हकमा उमा प्रसाईंले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा यस्तो आदेश आएको हो । सर्वोच्चले भोलिका लागि अर्को पेसी तोक्न भनेको छ ।










