प्रदीप पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ११, २०८२ | काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ । 

महामन्त्री पौडेलले आज काठमाडौं–५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । उहाँले आफू यसअघि काठमाडौं क्षेत्र नं ५ बाट सांसदका रुपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य मन्त्रीका रूपमा इमानदारीपूर्वक प्रयास गरेको दाबी गर्नुभयो । 

महामन्त्री पौडेलले क्षेत्र नं ५ लाई मेडिकल हबका रूपमा विकास गर्दै क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रतिज्ञा पत्रमा भूमिविहीनहरूको पहिचान गरी लालपुर्जा वितरणको कार्यलाई गति दिनेलगायत विषय समेटिएको छ । 


प्रतिक्रिया