चुनावको दिन पर्यटकको सवारी साधनका लागि समेत अनुमति लिनुपर्ने

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १३, २०८२ | काठमाडौं

प्रतिनिधिसभा निर्वाचनका दिन कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मा निर्वाचनका दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाइ उडान नरोकिने भएकाले पर्यटकका सवारी साधन सञ्चालनका लागि अनुमतिको व्यवस्था गरिएको हो । 

सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र काठमाडौँमा आयोगबाट कम्तीमा दुई दिनअघि अनुमति लिन सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै, अत्यावश्यक सेवा, कूटनीतिक नियोग, मानव अधिकार आयोगबाहेक अन्य कुनै प्रकारका सवारी साधन अनुमति लिएर मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ । 


प्रतिक्रिया