निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १३, २०८२ | काठमाडौं

आसन्न निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओेमप्रकश अर्यालले सो जानकारी दिनुभएको हो । 

चुनावका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्तिबापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । 

सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ । त्यस्तैनेपाली नागरिक हितमान गुरूङलाई बेलायतका राजाद्वारा प्रदान गरिने उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिनुभयो । 


प्रतिक्रिया