पर्यटक उद्धारका नाममा ‘फेक रेस्क्यु’ गरी ठगी गर्ने दुई जना पक्राउ
फाल्गुन १३, २०८२ | काठमाडौं
पर्यटक उद्धारका नाममा ‘फेक रेस्क्यु’ गरी ठगी गर्ने गिरोहमा संलग्न थप दुई जना पक्राउ परेका छन् । पछिल्लो समय पक्राउ पर्नेमा माउन्टेन हेलिकोप्टर्स प्रालिका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एडभेन्चर एन्ड ट्राभल कम्पनी प्रालिका सञ्चालक सन्दीप तिवारी छन् ।
केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मनोजकुमार केसीले पर्यटकको फर्जी उद्धार गरी ठगी गर्ने गिरोहमा पक्राउ परेका अभियुक्तले उपलब्ध गराएको अडियो प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।
ठगी गर्ने गिरोहका ९ जना अहिलेसम्म पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।









