धादिङ दुर्घटना अध्ययन कार्यदलले थाल्यो काम
फाल्गुन १३, २०८२ | धादिङ
पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा सोमबार भएको बस दुर्घटनाको अध्ययन गर्न सरकारले बनाएको कार्यदलले आफ्नो काम शुरु गरेको छ । बेनीघाट रोराङ गाउँपालिका ५ स्थित चाईना धारामा भएको सो दुर्घटनाको अध्ययन गर्न बनेको टोलीले आज घटनास्थलको अवलोकन र सरोकारवाला सँग छलफल गरेको हो।
गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीसंयोजक रहेको कार्यदलले आज घटास्थलको अध्यनसँगै दुर्घनापछि उद्दारमा सहभागि भएका स्थानीय, सुरक्षाकर्मी, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेका हो ।
कार्यदलले गरेको छलफलमा सहभागी अधिकांश वक्ताले उद्दार सामाग्री अभाव भएको बताएका छन् । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक सोमबार दुर्घटनामा परेको थियो ।









