दुर्गा प्रसाईं थुनामुक्त
फाल्गुन १३, २०८२ | काठमाडौं
मेडिकल व्यवसायी एवम् “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ” अभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त हुनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा हिजो बन्दीप्रत्यक्षीकरण जारी गरेको थियो ।
बिना आधार र कारण थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश गरेको थियो । हिजो नै रिहा हुनुपर्ने भएपनि केही प्रक्रिया बाँकी रहेकाले प्रसाई आज मात्र रिहा हुनुभएको हो ।
उहाँलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो ।









