रेश्मिका हत्या घटनाका दोषी पहिचान गर्न माग

रेडियो कान्तिपुर संवाददाता

चैत्र २, २०८२ | काठमाडौं

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे दिनुवाकी २७ वर्षीया रेश्मिका परियारको जबरजस्ती करणीपछि हत्या भएको घटनाको सुक्ष्म अध्ययन गरी संलग्नलाई कारबाही गर्नुपर्ने सरोकारवालाले माग गरेका छन् । 

घटनाको सुक्ष्म अनुसन्धान नभएको भन्दै हिङमाङ एकता समाज र परियार पारिवारिक एकता समाजले आज प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।

गत भदौ ३० मा पञ्चमी बजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा रेश्मिकाको बलात्कारपछि हत्या भएको थियो । सो घटनामा १४ वर्षीय नाबालकलाई पक्राउ गरिए पनि घटनाको सुक्ष्म अनुसन्धान गरी संलग्नलाई पक्राउ गर्नुपर्ने माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले रेश्मिका हत्या प्रकरणको अनुसन्धान भइरहेको बताउनुभएको छ ।


प्रतिक्रिया