१ करोड १६ लाख सहित दुई जना पक्राउ
चैत्र २, २०८२ | काठमाडौं
काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्रा कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई करिब १ करोड १६ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
अभौतिक मुद्रा कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोद प्रसाद धिताल छन्।
प्रहरीका अनुसार उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका विभिन्न व्यक्तिको नाममा रहेका चेक, विभिन्न व्यक्तिका नाममा रहेका एटीएम कार्ड र नागरिकता बरामद गरेको छ ।










