रवि लामिछानेको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा
चैत्र १२, २०८२ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा दोस्रो दिन समेत बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ आइतबारलाई पेशी तोकिएको छ । गत सोमबारदेखि सुरु भएको सुनुवाइमा आज लामिछानेका तर्फबाट बहस भएको थियो ।
आज महान्यायाधिवक्ता सविता भण्डारी बरालसहित सरकारी वकिल र लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्नुभयो । लामिछानेकै तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतको बहस बाँकी रहेपछि हेर्दाहेर्दै आइतबारका लागि राखिएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा पेशी रहेको मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ ।
यअसघि न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिन बहस सुनेर फाइल मगाउने आदेश गरेको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको थियो ।










