काठमाडौंको ठमेलबाट युगान्डाका २० जना महिला पक्राउ
चैत्र ११, २०८२ | काठमाडौं
काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक गतिविधि तथा अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा युगान्डाका २० जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेल क्षेत्रमा केही समयदेखि सार्वजनिक स्थानमा आउने–जाने व्यक्ति तथा पर्यटकलाई लक्षित गरी दुःख दिने तथा यौनजन्य क्रियाकलाप सञ्चालन गर्ने गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीहरुलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा १२ दिन म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।










