मलेसिया गएका सल्यानका एक युवाको आफ्नै साथीद्वारा हत्या

रेडियो कान्तिपुर संवाददाता

चैत्र ११, २०८२ | काठमाडौं

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि मलेसिया गएका सल्यानका एक युवाको आफ्नै साथीद्वारा हत्या भएको खुलेको छ । कपुरकोट गाउँपालिका–३, दमारखोलाका २१ वर्षीय वेदबहादुर बुढाको गत आइतबार राती उनकै साथीले हत्या गरेको खुलेको हो । 

कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्गाले रोल्पाको गंगादेव गाउँपालिका–३ नाउली भालुमारेका २५ वर्षीय चोपीलाल डाँगीले चक्कु प्रहार गरी उनको हत्या गरेको जानकारी प्राप्त भएको बताउनुभयो । 

घटनामा संलग्न युवालाई मलेसिया प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । मृतकका काका परशुराम बुढाले मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया