सरकारी कार्यालय र शैक्षिक संस्थामा साताको दुई दिन सार्वजनिक बिदा

रेडियो कान्तिपुर संवाददाता

चैत्र २२, २०८२ | काठमाडौं

पेट्रोलियम पदार्थमा उत्पन्न असहज परिस्थितिलाई मध्येनजर गर्दै सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रीपरिषद्को बैठकले आगामी सातादेखि लागूहुने गरि शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेललेका अनुसार आगामी दिनमा शैक्षिक संस्थाबाहेकका कार्यालय भने बिहान ९ बजेदेखि साँझ ५ बजे खुल्ने भएका छन् ।  


प्रतिक्रिया