राष्ट्रियसभाको उपाध्यक्षमा लिलाकुमारी भण्डारीको एकल उम्मेदवारी

रेडियो कान्तिपुर संवाददाता

चैत्र २२, २०८२ | काठमाडौं

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी लिलाकुमारी भण्डारीको एकल उम्मेदवारी परेको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुबीचको सहमति अनुसार रिक्त उपाध्यक्ष पदमा एमालेकी भण्डारीको मात्र उम्मेदवारी परेको हो । 

संसद सचिवालयले उपाध्यक्षमा भण्डारीको एकल उम्मेदवारी परेको सूचना प्रकाशित गरेको छ । राष्ट्रिय सभाको उपाध्यक्ष चयनको प्रक्रिया भोलि सकिने संसद सचिवालयले जनाएको छ । 

यसअघि नेपाली कंग्रेस, एमाले, नेकपा र जसपा नेपालबीच उपाध्यक्ष पद र चार वटा समितिका सभापति बाँडफाँटमा सहमति भएको हो । एमालेलाई उपाध्यक्ष दिने सहमतिसँगै चार वटा समितिको नेतृत्व अन्य दलले पाउने भएका छन् । 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका अनुसार कांग्रेसले दुई संसदीय समितिका सभापति लिनेछ भने नेकपा र जसपा नेपालले एक÷एक समितिको सभापति पाउनेछन् । 


प्रतिक्रिया