सिंहदरबार पुननिर्माण सुरु

चैत्र २९, २०८२ | काठमाडौं

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडा भवनको पुननिर्माण सुरु गरिएको छ ।

गत भदौ २४ गते प्रदर्शनका क्रममा भएको आगजनीबाट सिंहदरबारको मूल भवन तथा सिंहदरवार परिसरभित्र रहेका अन्य भवन क्षतिग्रस्त भएका थिए ।

सहरी विकास मन्त्रालयमातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका वरिष्ठ डिभिजलन इन्जिनियर गणेश कर्माचार्यले यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय रहेको सिंहदरवार मुख्य भवनको पूर्वी, उत्तरी र दक्षिणी मोहडा भवनको पुननिर्माण सुरु गरिएको जानकारी दिनुभयो ।

पूर्वी, उत्तरी र दक्षिणी मोहडामा मात्र बाहिरी क्षति पुगेकाले अबको दुई महिनाभित्र पुननिर्माण सम्पन्न हुने उहांले बताउनुभयो ।

उहांका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पुननिर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो ।


प्रतिक्रिया