भोलीदेखि शून्य बांकी फाइल सप्ताह सुरु हुँदै

चैत्र २९, २०८२ | काठमाडौं

सरकारले कार्यालयको कामलाई छिटोछरितो, पारदर्शी र उत्तरदायी बनाउन शून्य बांकी फाइल सप्ताह सुरु गर्दैछ ।

भोलिदेखि वैशाख ७ गतेसम्म अभियान सुरु गर्न लागिएको हो ।

यसका लागि सरकारले शून्य बांकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृतसमेत गरिसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायत अन्य फाइल विभिन्न तह र टेबुलमा अनावश्यक रुपमा थन्किने, निर्णयमा ढिलाइ हुनेलगायतका कारणले सेवा प्रवाह प्रभावित हुने भएको भन्दै सबै सरकारी कार्यालयमा शून्य बांकी फाइल सप्ताह सुरु गर्न लागिएको जानकारी दिनुभयो ।


प्रतिक्रिया