जेन–जी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्नाको निर्णय फिर्ता लिन आग्रह : डा. गोविन्द केसी

रेडियो कान्तिपुर संवाददाता

चैत्र २९, २०८२ | काठमाडौं

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐनविपरीत जेन–जी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना गराउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ । डा. केसीले निर्णय फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी समेत दिनुभएको छ । 

सरकारले जेन–जी आन्दोलनका घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय गरेको थियो । चैत १ गतेको निर्णय चिकित्सा शिक्षा आयोगको बैठकबाट अनुमोदन गरिएको थियो । 

सरकारले मेरिटको आधारमा मात्र चिकित्सा शिक्षामा भर्ना हुन पाउने कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै आलोचना हुँदै आएको छ । शिक्षा मन्त्रालयले भने शाहलाई एमबीबीएसमा भर्ना गराउने निर्णय नियमविपरीत नभएको दाबी गरेको थियो ।  


प्रतिक्रिया