नेपाली खेलाडी एरिका गुरुङलाई वान प्रिमियर लिगमा रजत पदक
चैत्र २९, २०८२ | काठमाडौं
नेपाली कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छन् । चीनको सिचुवान प्रान्तस्थित लेसनमा आज भएको महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरत्सेभासँग २–१ ले पराजित भइन् ।
प्रिमियर लिगमा उनको यो दोस्रो रजत पदक हो । यसअघि एरिकाले जनवरीमा टर्कीको इस्तानबुलमा प्रिमियर लिगमै फाइनल पुगेर रजतमा रोकिएकी थिइन् । त्यति बेला पनि उनी सोफ्यासँगै पराजित भएकी थिइन् ।








