चट्याङ लागेर एकको मृत्यु

वैशाख ७, २०८३ | गोरखा

गोरखामा चट्याङ लागेर गम्भीर घाइते भएका शहिद लखन गाउपालिका–५ तोरेन पोखरी डाडाका २६ बर्षिय विनोद थापाको मृत्यु भएको छ । 

हिजो साँझ घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर थापा गम्भीर घाइते भएका थिए । 

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

चट्याङले मोवाईल पड्केको अवस्थामा भेटिएको तथा बिजुलीको पावर सकेट जलेको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपि राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया