लडाकु विमान आपसमा ठोक्किदा जापानमा ६ नौसैनिक सम्पर्कबिहीन

रेडियो कान्तिपुर संवाददाता

मंसिर २०, २०७५ | काठमाडौं

- तेल भर्ने क्रममा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किदा जापानमा ६ नौसैनिक सम्पर्कबिहीन भएका छन् । जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेको अमेरिकी रक्षा विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ  ।  वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ ।

खोजी कार्यका लागि जापानले चार वटा एयरक्राफट र तीन जहाज परिचालन गरेको छ । दुवै लडाकु विमानले नियमित तालिमको क्रममा सो स्टेशनबाट उडान भरेका थिए । दुर्घटनाको कारण यकिन भएको छैन । अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार जापानमा ५० हजार सैनिक छन् । गत नोभेम्बर महिनामा पनि अमेरिकी नेभी लडाकु विमान जापानको समुद्रमा दुर्घटनामा परेको थियो ।  


प्रतिक्रिया