भारतको चन्द्रयान सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | काठमाडौं

- भारतको अन्तरिक्ष एजेन्सीले आगामि सेप्टेम्बरमा चन्द्रमामा पुग्ने आफ्नो अन्तरिक्ष यान सार्वजनिक गरेको छ । सफल अवतरण गर्न सकेको खण्डमा चन्द्रमामा अन्तरिक्ष यान पुर्‍याउने भारत चौथो मुलुक बन्नेछ ।

हालसम्म अमेरिका, रुस र चीनले मात्रै चन्द्रमामा सफल अवतरण गरेका छन् । चन्द्रयान–२ नामक सो यान भारतको दोश्रो चन्द्रयान हो । सन् २००८ मा भारतले चन्द्रयान–पहिलो प्रक्षेपण गरेको थियो ।

चन्द्रमाको बाहिरी कक्ष सम्म पुगेको भारतले अवतरणकै योजना बनाएको हो । सो यानले चन्द्रमामा पानी, खनिज तथा चट्टानको बनौट बारे अध्ययन गर्नेछन् ।  

 


प्रतिक्रिया