लागू औषध सहित चार जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

असार २६, २०७६ |  दाङ,

लागू औषधसहित चार जना दाङबाट पक्राउ परेका छन् । रोल्पा उवा घर भई घोराही उपमहानगरपालिका १३ बस्ने ३३ वर्षीय हिक्मत रोकाले नियमित लागू औषध सेवन र अरुलाई बिक्री गर्दै आएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खानतलासीका क्रममा रोकासँगै भेटिएका घोराही १० का २३ बर्षीय केशव डाँगी, रोल्पा कुरेली घर भई घोराही १३ मा बस्दै आएका २२ वर्षीय रमेश बुढा मगर र घोराही १४ का २६ वर्षीय दामबहादुर पुन पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका १३ डुमरगाउँस्थित ईश्वरी थापाको घरमा डेरा गरी बस्ने हिक्मत रोका मगरले शौचालयमा लुकाइ राखेको डाईजापाम र नुफिन लगायत लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताउनुभयो ।

उनीहरुको साथबाट १० थान डाईजापाम र १० थान निफिन बरामद् भएको उहाँले जानकारी दिनुभयो । उनीहरुविरुद्ध लागू औषध (नियन्त्रण) ऐन २०३३ को दफा २२ (ग) वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको शाहले बताउनुभयो ।


प्रतिक्रिया