लेदोसहितको पहिरोले बीपी राजमार्ग ठप्प 

श्रावण २, २०७६ | काभ्रे

- लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । त्यहाँस्थित पशुपति रोडा ढंगा उद्योग र मनकामना एग्रोभेट प्रालीले राजमार्ग छेउमा थुपारेको कंक्रिड सहितको माटो वर्षाका कारण बगाएपछि राजमार्गमा लेदोसहितको पहिरो खसेको हो ।

 पहिरोका कारण काठमाण्डौबाट जाने गाडीलाई काभ्रेमा र पूर्वबाट आउने गाडीलाई सिन्धुलीमा नै रोकिएको प्रहरीले जनाएको छ । 

राजमार्गको अवरोध हटाउने तयारी भइरहेको हाम्रा काभ्रे सहकर्मी नगेन्द्र अधिकारीले जनाएका छन् । 

 


प्रतिक्रिया