हङकङबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान रद्द 

रेडियो कान्तिपुर संवाददाता

श्रावण २७, २०७६ | बीबीसी

विमानस्थल केन्द्रित प्रदर्शन चर्किदै गएपछि हङकङबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ । विश्वकै व्यस्त मध्येको हङकङ अन्तर्राष्ट्रिय विमानस्थालमा हजारौं प्रदर्शनकारी जम्मा भएपछि बाधा उत्पन्न भएको भन्दै सम्पूर्ण उडान रद्द गरिएको हो ।

विमानस्थलको व्यवस्थापन पक्षले आज विज्ञप्ति जारी गर्दै चेक–इन भइनसकेका सम्पूर्ण उडान स्थगित गरिएको जनाएको हो । हङकङका लागि विभिन्न स्थानबाट उडान भरिसकेकालाई भने अवतरण गर्न अनुमति दिइने व्यवस्थापनले जनाएको बीबीसीले उल्लेख गरेको छ । हङकङमा स्वतन्त्रता पक्षधरहरुको प्रदर्शन १० औं सातासम्म आईपुग्दा विमानस्थल केन्द्रित भएको छ । विमानस्थलमा आज चौंथो दिनको प्रदर्शनमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका छन् । 

गएराति रेल स्टेशनमा प्रहरीले प्रदर्शनकारीहरुमाथि अश्रुग्यास र रबर बुलेट प्रहार गरेको थियो । यता वाङ चाई जिल्लामा भने दंगा प्रहरीले लाठी चार्ज गरेपछि प्रदर्शनकारीले ढुंगा र पेट्रोल बम फालेका थिए । जसका कारण कैयौं सर्वसाधारण तथा प्रहरीहरु घाईते छन् ।

चीनमा भन्दा केही लचक नीति अवलम्बन गरेको हङकङमा आपराधिक क्रियाकलाप गर्नेलाई चिनियाँ न्याय प्रणाली अनुसार कारबाही हुने सम्बन्धी सुपुर्दगी विद्येयक ल्याउने तयारी भएपछि सुरु भएको प्रदर्श प्रहरीले हस्तक्षेप गरेको भन्दै थप उग्र बनेको छ । यद्यपि, सरकारले सो विद्येयक रद्द गरिसकेको छ ।


प्रतिक्रिया