पाथीभरा गोल्डकपमा आज सुनसरी र दार्जिलिङ भिड्ने 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २, २०७६ | ताप्लेजुङ

- ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा आज एलाभेन एरोज सुनसरी र युके एफसी दार्जिलिङबीच प्रतिस्पर्धा हुँदैछ । ताप्लेजुङ सदरमुकामस्थित स्थानिय भानुजन उच्च माविको खेल मैदानमा अपरान्ह ३ बजे क्वाटरफाइनल भिडन्त सुरु हुनेछ ।

मनाङ मर्स्याङदी, थ्रीस्टार र हिमालयन शेर्पाका २–२ तथा दाउफिन्स क्यामरुनका ३ खेलाडी भित्र्याएको सुनसरी पाहुना टोलीबिरुद्ध सहज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनामा रहेको छ । दार्जिलिङले पनि उत्कृष्ट र नाम चलेका खेलाडीलाई आफ्नो सेटमा राखेकाले आजको खेल रोमाञ्चक हुने आयोजकले जनाएको छ । 

यसअघि हिजो भएको खेलमा जित निकाल्दै डाँगीहाट फुटवल क्लव मोरङ प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको थियो । मोरङकै बेलबारी फुटवल क्लवलाइ १–० ले हराउँदै डाँगीहाटले अन्तिम चारको यात्रा तय गर्यो । पाथिभरा गोल्डकपमा १ विदेशीसहित १० टोली सहभागी छन् । 

 


प्रतिक्रिया