अध्यक्ष दाहाललाई सचिवालय बैठक बोलाउने अधिकार

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७६ | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालय बैठक बोलाउने अधिकार दिईएको छ । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको सचिवालय बैठकले ओलीको अनुपस्थितिमा अध्यक्षको अधिकार दाहाललाई दिने सहमति भएको हो ।

यसअघि दुबै अध्यक्षको सहमतिमा मात्र सचिवालय सहित अन्य बैठक बोलाउन सक्ने प्रचलन थियो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली स्वास्थ्य फलोअपका आज सिंगापुर जाने हुनुभएपछि नेकपाले सो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दाहाललाई पार्टीका आधिकारीक निर्णय लिन तथा बैठक बोलाउन अख्तियारी दिईएको छ । सचिवालय बैठकले प्रधानमन्त्री ओलीको स्वाथ्यलाभको कामना समेत गरेको छ ।  


प्रतिक्रिया