अमेरिकाले  पुनः चिनियाँ उत्पादनमा थप ५ प्रतिशत कर लगाउने

भाद्र ७, २०७६

- अमेरिकाले चीनले आफूविरुद्ध कर वृद्धि गरेको सम्बन्धमा जवाफमा पुनः आयातमा कर बढाउने निर्णय गरेको छ । जारी व्यापार युद्धलाई अमेरिकाले झनै नयाँ विन्दुमा पुर्‍याएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै चिनियाँ उत्पादनमा थप ५ प्रतिशत कर लगाउने निर्णय भएको घोषणा गर्नुभएको हो ।

७५ अर्ब डलर अमेरिकी उत्पादनमा कर लगाउने चीनको निर्णयको केही घण्टामा नै ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो । राजनीति प्रेरित निर्णय गर्दै अमेरिकाबाट फाइदा उठाउन खोजेको अमेरिकाका राष्ट्रपतिको तर्क छ । असन्तुलित व्यापारका कारण चीनले अमेरिकी अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्ने आफुले प्रण लिएको ट्रम्पको भनाई छ ।

अमेरिकी कम्पनीहरुले चीनबाट कुनैपनि कच्चा पदार्थ नभित्र्याउन र त्यसको साटो अमेरिकामै उत्पादन बढाउन राष्ट्रपतिले आग्रह गर्नुभएको छ । चीनले ५ हजार अमेरिकी वस्तु माथि ५ प्रतिशत र १० प्रतिशत कर लगाउने निर्णय गरेको छ । त्यस्तै अमेरिकी कारहरुमाथि २५ प्रतिशत कर लगाउने चीनले घोषणा गरेपछि तनाव झनै बढेको हो ।जसका कारण अमेरिकी शेयर बजार वाल स्ट्रिट निकै तल पुगेर शुक्रबार बन्द भएको छ ।

 


प्रतिक्रिया