भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लको निधन

रेडियो कान्तिपुर संवाददाता

भाद्र ७, २०७६ | बीबीसी

भारतका पूर्व वित्तीय मन्त्री एवं भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता अरुण जेट्लीको ६७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका जेट्लीको दिल्लीस्थित एम्स अस्पतालमा स्थानीय समयानुसार १२ बजेर ७ मिनेटमा निधन भएको हो ।

उहाँलाई श्वासप्रश्वासको समस्याका कारण अगस्ट ९ देखि अस्पताल भर्ना गरिएको थियो । भाजपाका कुशल नेता मानिने जेट्लीको स्वास्थ्यका कारण पछिल्लो समय पार्टीमा सक्रियता समेत घटेको थियो । उहाँको सन् २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

जेट्ली अर्थमन्त्री भएकै समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार, कालोबजारी र नगद कारोबार कम गर्ने भन्दै भारतीय ५ सय र १ हजारका नोट सटहीमा कडाई गर्नुभएको थियो । जसले भारतीय बजारमा हलचल नै ल्याएको थियो । 


प्रतिक्रिया