चितवन राइनोज फाइनलमा 

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७६ | काठमाडौं

- चितवन राइनोज काठमाडौमा जारी वुमन्स च्याम्पियन्स लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग चरणको आफ्नो अन्तिम खेलमा आज विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शतप्रतिशत नतिजासहित फाइनलमा पुगेको हो ।

अर्को खेलमा तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्‍यो । ६ अंकमा दोस्रो स्थानमा रहेको क्याट क्वीन्स काठमाडौ र ४ अंकमा तेस्रो स्थानमा रहेको विराटनगर टाईटन्सले एलिमिनेटर राउण्डमा स्थान बनाएका छन् ।

पर्सि हुने एलिमिनेटर खेलको विजेताले फाइलनमा बिहीबार चितवनसँग प्रतिस्पर्धा गर्नेछ । समुह चरणको अन्तिम खेलमा अंकबिहीन पोखरा पल्टन र ललितपुर फाल्कोन्सबीच भोली प्रतिस्पर्धा हुनेछ । 

त्रिवि मैदानमा आज चितवनले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको विराटनगर १७ दशमलव ५ ओभरमा ६९ रनमा अलआउट भयो । पहिले व्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । 

अर्को खेलमा ललितपुरले दिएको १ सय ६ रनको सामान्य लक्ष्य काठमाडौले १७ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसको जितमा रुविना क्षत्रीले नटआउट ५९ रन बनाईन् । ललितपुरले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । 

 


प्रतिक्रिया