अर्माकोको चुक्ता पुँजी १ खर्ब ८० अर्ब  डलर

रेडियो कान्तिपुर संवाददाता

मंसिर २, २०७६ | काठमाडौं

- साउदी अरबको दोस्रो ठूलो इन्धन उत्पादन कम्पनी अर्माकोको चुक्ता पुँजी १ खर्ब ८० अर्ब  डलर रहेको घोषणा गरिएको छ । साउदी अरबका युवराज सलमानले अर्माकोको चुक्ता पूँजी २ खर्ब डलर रहेको बताएलगत्तै आधिकारिक मुल्याङ्कन गरिएको हो । सम्पत्ति मुल्याङकन संगै अर्माको  कम्पनीले प्राथमिक शेयर खुला गरेको हो ।

यद्यपी विदेशी मुलुकका लगानीकर्ताले भने शेयर किन्न पाउने छैनन् । त्यसबाहेक साउदी अरबको शेयर बजारमा सुचिकृत विदेशी कम्पनीले भने लगानी गर्न पाउने रोयटर्सले उल्लेख गरेको छ । कम्पनीको १ दशमलभ ५ प्रतिशत शेयर विक्रि गरिनेछ । जसबाट २५ दशलमभ ६ अर्ब डलर जम्मा हुने अपेक्षा गरिएको छ ।  

 


प्रतिक्रिया