७७ वटै जिल्लामा शाखा विस्तार गर्दै युवा परिषद

श्रावण २५, २०७६ | काठमाडौं

नेपाल युवा परिषदले ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने योजना लिएको छ ।  “युवा परिवर्तनका संबाहक हुन” भन्ने नाराका साथ सन् २०१२ मा स्थापना भई ५० भन्दा बढी जिल्लामा सक्रिय नेपाल युवा परिषदले यसै वर्ष आयोजना गर्न लागेको राष्ट्रिय युवा सम्मेलन पश्चात् ७७ वटै जिल्लामा जिल्ला शाखा विस्तार गर्ने योजना लिएको छ ।  

ब्यक्तित्व विकास, नेत्रित्व बिकास, युवा उधेमशिलता लगायत क्षेत्रमा काम गर्दै आइरहेको परिषदले वातावरण, दिगो विकास लगायतका बिषयहरुमा पनि काम गर्दै आइरहेको छ । परिषदले हरेक बर्ष अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्दै आएको छ । यस वर्ष पनि आयोजना हुन लागको सम्मेलनमा आधारित रहेर परिषदका उपाध्यक्ष शुदर्सन विडारीसँग रमेश दुलालले कुराकानी गरेका छन् ।

नेपाल युवा परिषद कस्तो संस्था हो ?

बि सं २०६९ सालतिर काठमाडौको विभिन्न कलेजमा स्नातक तहमा अध्ययनरत युवाहरु मिलेर युवाहरुको क्षेत्रमा सकारात्क उत्साह ल्याउने गरि काम गर्न  काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई काम गर्दै आईरहेका छौं । संस्थाको अहिले सातवटै प्रदेशमा प्रदेश संयोजक छन् ।  त्यस्तै ५० जिल्लामा जिल्ला शाखा पनि विस्तार भइसकेको छ । यसपटकको राष्ट्रिय युवा सम्मेलन पश्चात हामी ७७ वटै जिल्लामा जिल्ला शाखा गठन गर्ने योजनामा छौं । 

युवाको क्षेत्रमा काम गर्ने अरुपनि संस्थाहरु छन् । किन नेपाल युवा परिषद भनेर छुट्टै संस्थाको गठन गर्नु परेको ?

कुनै पनि संस्था दर्ता गर्दा काम गर्ने कार्यक्षेत्र फरक फरक हुनसक्छ । हामीलाई पनि सुरुमा परिषद गठन गर्नु भन्दा पहिल्यै भइरहेका संस्थामा गएर काम गरौं भन्ने नलागेको होइन । तरपनि हामी साथीहरु बसेर सल्लाह गर्दा बिशेषत ः नेतृत्व बिकास, व्यक्तित्व बिकास र युवा उद्यमशिलताको बिषयमा काम गर्ने भनि सल्लाह हुँदा हामी छुट्टै संस्था दर्ता गरेर अघि बढ्नुपर्छ भनि निर्णय हुँदा परिषद गठन गर्न पुगेका हौं ।

व्यक्तित्व विकास नेतृत्व विकास र उद्यमशिलता बाहेक परिषदले अरु कुन कुन क्षेमा काम गर्दै आईरहेको छ ?

स्थापना कालदेखि नै परिषदले तिनवटा क्षेत्रमा काम गर्दै आइरहेको छ । त्यसबाहेक वातावरण, सुचना प्रबिधि, पर्यटन, कृषि, सडक सुरक्षा को क्षेत्रमा पनि काम गर्दै आईरहेको छ । साथै सन् २०१५ देखि परिषदले दिगो विकासका लक्ष्यमा पनि काम गर्दै आइरहेको छ । सन् २०१७ सालमा परिषदले ७ वटै प्रदेशमा एसडिजी फेष्टिबल पनि सम्पन्न गर्न सफल भयो । फेस्टिबल मार्फत् हामीले स्थानिय तहसम्म दिगो बिकासका लक्ष्य र यसबाट नेपालले लिनसक्ने फाइदाहरु बुझाउन सफल भएका थियौं । तपाईलाई अचम्म लाग्ला, दुर दराजका नेपालीले त परै जाओस् सहरी क्षेत्रका जनप्रतिनिधीले पनि एसडिजी बारेमा बेखबर रहेछन् । फेस्टिबल गर्दै जाँदा हामीलाई एउटा नगरपालिका जनप्रतिनिले एसडिजी भनेको के हो भनेर सोधेपछि हामीलाई यो फेस्टिबलले सोधकर्ता पाएको अनुभव भएको छ ।

एसडिजीको बारेमा कसरी बुझाउनुभयो ?

सन् २०१५ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभा मार्फत १९३ सदस्य राष्ट्रहरुले संसारभर दिगो बिकासका काम गर्ने उदेश्यले उक्त सभाबाट पारित भएको एउटा महत्वकांक्षी लक्ष्य हो । उक्त लक्ष्यको नेपाल पनि एउटा हस्ताक्षर गर्ने राष्ट्र हो । यसका १७ वटा लक्ष्य रहेका छन् भने उक्त लक्ष्य प्राप्तीका लागि १६९ वटा सहायक लक्ष्य छन् । सो लक्ष्यहरुका शुन्य भोकमरी देखि स्वास्थ्य शिक्षा, वाताबरण लगायत छन् । लक्ष्य प्राप्तीका निमिक्त संयुत्त राष्ट्रसंघले २०१६ देखि २०३० सम्म लक्ष्य प्राप्ती गर्ने भनि पारित भएको थियो । यसको नेपाल पनि एउटा सरोकार राष्ट्र भएको हुनाले यो दिगो बिकासका लक्ष्यमा नेपाल युवा परिषदले २०१७ देखि काम गर्दै आइरहेको छ ।

परिषदले कस्ता किसिमका कार्यक्रमहरु गर्दै आईरहेको छ ?

युवाहरुमा सकारात्मक सोच, क्षमताको बिकास गराउन मोटिभेसनल सेमिनार, वाताबरण सम्बन्धी कार्यक्रम, सुचना प्रविधि लगायत तालिम जस्ता विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सन् २०१३ अप्रिलमा ५३ जिल्लाका युवाहरुलाई काठमाडौं ल्याएर व्यक्तित्व विकास गोष्टी गर्न सफल भएका थियौं । २०१४ मा युवा सप्ताह मनाएका थियौं । २०१५ देखि अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर हरेक बर्ष त्यसकै पेरिफेरिमा मुलुकमा भएका हरेक जिल्लाबाट एक जना युवा र एक जना युवती काठमाडौं बोलाएर राष्ट्रिय युवा सम्मेलन गर्दै आईरहेका छौं । त्यसबाहेक हामीले सडक सुरक्षाका निमित्त पनि कार्य गर्दै आइरहेका छौं ।  दिगो बिकासका लक्ष्य प्राप्तीका निमिक्त ‘माई एसडिजी माई ड्रिम’ नामक कार्यत्रम बर्षभरिनै गर्दै आईरहेका छौं । त्यस्तै गत मार्चमा एसिया महादेशका ८ वटा देशका युवाहरुलाई सहभागि गराई ‘एसियन युवा समिट’ गर्न सफल भएका थियौं । जुन कार्यक्रमबाट परिषद नेपालमा मात्र नभएर अरु देशमा पनि चिनिन सफल भएको छ । जुन कुरा परिषदको लागि एउटा कोसेढुंगाको रुपमा लिन सकिन्छ ।

राष्ट्रिय युवा सम्मेलन २०१९ को बारेमा केही प्रष्ट पारिदिनुस् न ?

विगत ८ बर्षदेखि युवाहरुको क्षेक्रमा त्रियाशिल नेपाल युवा परिषदले अन्य बर्षहरुमा झैं यो वर्षपनि नेपालभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ जना युवा र १ जना युवतीलाई राजधानीमा ल्याई अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर उद्यमी युवा समृद्ध देश दिगो बिकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ राष्ट्रिय युवा सम्मेलन २०१९ आयोजना गर्न गईरहेको छ । पर्यटन (नेपाल भ्रमण बर्ष २०२०), ५० अण्डर ५० (लैंगिक समानता), दिगो बिकास लक्ष्य, युवा नेतृत्व र युवा उद्यमशिलतालाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानीमा अगष्ट १२, १३, १४ र १५ सम्म चल्नेछ । कार्यक्रमको उद्घाटन अन्तर्र्ष्ट्रािय युवा दिवसको अवसरमा हुन लागेको हो । सम्मेलनमा २ सय ४ जना युवाहरुको सहभागिता रहनेछ जसमा १ सय ५४ जना ७७ जिल्लाका १ युवा र १ युवती हुनेछन, ५० जना विभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलनमा एक समावेशीताको उदाहरण हुने कुरामा आयोजक विश्वस्थ छ । सम्मेलनमा ५० प्रतिशत महिलाको सहभागिता रहने छ । साथै हामीले यसै सम्मेलन बाट ७७ वटै जिल्लालाई सिड मनी दिएर पठाउँदै छौं, जुन सिड मनीले सहभागीहरुले आफ्नो जिल्ला फर्किसकेपछी सेप्टेम्बर २७ मा पर्ने विश्व पर्यटनदिवसको अवसरमा आफ्ना जिल्लामा कम्तीमा पनि एउटा हेरिटेज साइडको पहिचान गरी सरसफाइ कार्यक्रम गर्नु पर्नेछ । जसले गर्दा सो हेरिटेज साइडको सरसफाइ त हुने भईगो अर्को सो साइडको  पर्यटन प्रबर्धन पनि रहने छ । 

सम्मेलनको छनौट प्रक्रिया कस्तो रहेको छ ?

यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका सकरात्मक सोचाई राख्ने युवाहरु जो आफ्नै स्थानीय तह वा जिल्लामा रही अध्ययन गरिरहेका, व्यवसाय गरिरहेका वा सामाजिक क्षेत्रमा कार्य गरिरहेका युवाहरुले मात्र सम्मेलनमा सहभागि हुन पाउनेछन् । सम्मेलनमा सहभागि हुन आउने युवाहरुले स्थानीय सरकारसँग सोही जिल्लामा अध्ययन गरि बसिरहेको हो भनी सिफारिस पत्र लिएर मात्र सहभागी हुन पाउनेछन् । सम्मेलनको छनौट प्रक्रिया सम्पन्न भईसकेको छ । छनौट भएका युवाहरुले सम्मेलनमा आउन अगाडी पत्रकार सम्मेलन गरी प्रदेश मुख्यमन्त्रीलाई विज्ञप्ती बुझाउनुपर्नेछ र सहभागी भए पश्चात पनि सम्मेलनको घोषणा पत्र र प्रेस विज्ञप्ती प्रदेशको मुख्यमन्त्री र स्थानीय तहलाई बुझाउनेछन् ।

तपाईहरुले किन स्थानीय तहमै कार्य वा अध्ययन गरिरहेको युवालाई मात्र सहभागि गराउने मापदण्ड बनाउनु भयो ?

उदाहरणको निम्ती राजधानी बस्ने डोल्पाको युवा मुस्किलले बर्षमा २ पटक गाउँ पुग्न सक्छ । त्यस्तो युवालाई सम्मेलनमा सहभागी गराएर उस्ले यहाँबाट सिकेको कुराहरु स्थानीय तहमा कार्यान्वयन गराउन मुस्किल पर्दछ । त्यसकारण हामीले स्थानीय तहमै बसेर त्यहाँको समस्या र सम्भावनासँग नजिकमा बसेर कार्य गरेका युवाहरुलाई सम्मेलनमा सहभागिताको लागि आहृवान र छनौट गर्दछौं ।

सम्मेलनबाट सहभागीहरुले के लिएर जानेछन् ?

सम्मेलनमा सहभागी हुन पाउनु नै उनीहरुको लागि एउटा महत्वपुर्ण उपलब्धी हुनेछ त्यो हामीले बुझेका छौं । पर्यटन (नेपाल भ्रमण बर्ष २०२०), ५० अण्डर ५० (लैंगिक समानता), दिगो बिकास लक्ष्य, युवा नेतृत्व र युवा उद्यमशिलतालाई मुख्य बिषय बनाई बिभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सो विषयसंग सम्बन्धित कार्ययोजनाहरु मध्ये उत्कृष्ट कार्ययोजनालाई सिड मनि प्रदान गर्ने छौं । जस्लाई उनीहरुले आफ्नो स्थानीय तहमा कार्यान्वयन गर्न पाउनेछन् । सम्मेलनमा सहभागी गए पश्चात् पनि सम्मेलनको घोषणा पत्र र प्रेस विज्ञप्ती प्रदेशको मुख्यमन्त्री र स्थानीय निकायलाई बुझाउनेछन् ।

सम्मेलनमा नयाँ के छ जस्ले सहभागीलाई थप आकर्षण गर्न सक्छ ?

यस पटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १/१ वटा स्टल दिइन्छ । जहाँ सहभागीहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवर्द्धन गर्ने बिभिन्न सामाग्री प्रदर्शन गर्नेछन् । ४ दिनै राखिने उक्त स्टलमा राखिने प्रदेशकौ संस्कृति, पर्यटन र भेषभुषा प्रवर्द्धन गर्ने सामाग्रीहरु सहभागीहरुले अनिवार्य रुपमा ल्याउनपर्नेछ । यसका साथै सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना समेत गरिनेछ जहाँ सबै सहभागीहरुले आफ्नो जातीय पोसाकमा सहभागिता जनाउन पर्नेछ ।

अन्त्यमा युवाहरुलाई केही भन्न चाहनुहुन्छ ?

नेपालको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको युवा जनसंख्या परिवर्तनका संवाहक हुन् । झोला बोकेर विदेशिनु भन्दा पनि स्थानीय तहमा रहेको स्रोत र साधनको उपयोग गरेर स्थानीय तहमा नै आर्थिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा युवाहरु आउन अतिनै आवश्यक छ । त्यसकारण नेपाल युवा परिषद पनि युवाहरुलाई सामाजिक र आर्थिक क्षेत्रमा उत्तरदायी बनाउनको लागि क्रियाशिल भईरहेका छौं ।