अलपत्र गौतमबुद्ध अंन्तर्राष्ट्रिय रंगशाला अब सरकारले बनाउने

चैत्र २२, २०७९ | काठमाडौं

नेपालमा हाल अन्तर्राष्ट्रिय मान्यता प्राप्त ग्राउण्डका रुपमा कीर्तिपुरस्थित क्रिवि त्रिकेट मैदान मात्र छ । मुलपानीस्थित क्रिकेट मैदान निर्माणको करिब १२ वर्ष पछि बल्ल अन्तिम चरणमा पुगेको छ । उता, चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विगत २ वर्ष देखि अलपत्र अवस्थामा छ । बहुप्रतिक्षित मैदानको रुपमा लिइएको सो रंगशालाको काम रकम अभावका कारण रोकिएपछि अब कसरी अघि बढ्ला भन्ने चासो देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा सो रंगशाला तत्काल अघि बढाइने बताएपनि अझै ढुक्क हुने अवस्था भने देखिएको छैन । 


प्रतिक्रिया