नेपालको ओडीआई मान्यता जोगिएला ?

फाल्गुन १६, २०७९ | काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि सबैभन्दा ठूलो चुनौती र लक्ष्य भनेकै एकदीवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु हो । घरेलु भूमिमा आयोजना भएको आईसीसी वश्वकिप लिग–टू अन्तर्गत नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिज क्लिन स्विप गरेको नेपालको मनोबल उच्च छ । लिग–टू अन्तर्गत नेपालले अन्तिम दुई त्रिकोणात्मक ओडिआई सिरिज खेल्न शुरु गरेको छ । आन्तरिक विवादले घेरिएको नेपाली क्रिकेटका लागि एउटा सुखद पक्ष भनेको व्याटिङमा सुधारिएको प्रदर्शन हो, जसको भरमा अब नेपालले एकदिवसिय मान्यतालाई निरन्तरता दिनुपर्ने छ।


प्रतिक्रिया