जलश्रोतको एकीकृत विकासले मुलुकको समृद्धि कोर्छ : ऊर्जा मन्त्री

जेष्ठ १९, २०७५ | भैरहवा

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले उपलब्ध जलश्रोतको एकीकृत विकासले मुलुकको समृद्धि कोर्ने बताउनु भएको छ । समृद्धिको सोही खाका कोर्न अबको दशक ऊर्जा र सिंचाईको हुने मन्त्री पुनले बताउनुभयो ।

नवलरासीको सुक्रौलीमा स्थापित ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालिद्वारा निर्मित ३ हजार ७ सय ५० घनमिटर क्षमताको जैविक फोहरबाट उर्जा आयोजनाको आज उद्घाटन गर्दै मन्त्री पुनले यस्तो बताउनु भएको हो । 

उहाँले स्वदेशी कच्चा पदार्थमा आधारित रहेर उत्पादन गर्ने यस्ता उद्योगबाट वैदेशिक व्यापार घाटा कम गर्न धेरै महत्वपुर्ण हुने भएकाले यस्ता उद्योगलाई सरकारले सहयोग जारी राख्ने नीति रहेको बताउनुभयो । 

 


प्रतिक्रिया