दराजको छैटौं ११ः११ अफर शनिवारबाट हुने

कार्तिक २२, २०८० | काठमाडौं

ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार शनिवारबाट सुरु हुने यो सेलमा ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनोरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोड सम्मको छुट पाउने छन् । यो सेलमा ग्राहकरुले निःशुल्क डेलिभरी, रु १०,००० सम्मको मेगा भौचर, मेगा डिल्स्मा ८ सय ५ सम्मको छुट पाउने छन् ।

यस्तै मेगा गिभअवे अन्तर्गत रु.९ सय ९ माथिको खरिदमा अग्रिम भुक्तानी गर्ने ११ विजेताहरुले सिजि ब्राण्डको वाशिङ्ग मशिन जित्न सक्नेछन् । यस्तै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले रु १ सय ५५ देखि अधिकतम रु.२ हजारसम्म छुट पाउने छन् ।  


प्रतिक्रिया