भिभोको भी २९ फाइभजी नेपालमा सार्वजनिक

आश्विन १८, २०८० | काठमाडौं

भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्ट फोन भी २९ फाइभजी सार्वजनिक गरेको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमका बीच भिभोले भी २९ फाइभजी लन्च गरेको हो । यसमा १ सय २० हर्ज थ्री डी कर्भ स्क्रिन, औरा लाइट पोट्र्रेट, ५० एमपी अटो फोकस ग्रुप सेल्फी लगायतका विशेषताहरु समावेश छन् । भिभो भी २९ फाइभजीमा क्वालकम स्न्याप ड्रेगन ७७८ जीप्रोसेसर रहेको छ, जसले सिमलेस पर्फमेन्श प्रदान गर्छ । यसमा ८० वाट फ्ल्यास चार्ज छ भने ४६०० हर्ज ब्याट्री क्षमता छ । आकर्षक रङ तथा अल्ट्रा–स्लिम डिजाइनले अझ आकर्षक बनाएको स्मार्टफोन देशभर आकर्षक मूल्य ५९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।

साथै, भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउँन “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” भन्ने अफर पनि ल्याएको छ । सो अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले भिभो भी २९ फाइभजी जित्ने छ । यस्तै, ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्दा, तीन भाग्यशाली विजेताले बाई–वान–गेट–वन अफर, ६ सय देखि एक हजार ग्राहकहरुले ब्लुटुथ स्पिकर प्राप्त गर्दा, ३ देखि ५ हजार ग्राहकहरुले भिभोको स्टाइलिश ब्याग, ५ देखि ८ हजार ग्राहकहरुले भिभोको बोतल तथा १० देखि १५ हजार ग्राहकहरुले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् ।

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकलले भन्नुभयो “ भिभोको भीसिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ । भी२९ फाइभजीको इमेजिङ र डिजाइनमा भएको विकास यस प्रतिबद्धताको एउटा पाटो हो । यसले मोबाइल फोटोग्राफीलाई पुनः परिभाषित गर्दै स्मार्टफोन बजारमा हाम्रो नेतृत्वलाई सुदृढ बनाउनेमा हामी विश्वस्त छौं ।”


प्रतिक्रिया