प्रदेश १ सरकार नीति तथा कार्यक्रमको तयारीमा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १७, २०७६ | विराटनगर

प्रदेश १ सरकारले आगामी बुधबार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा बस्ने प्रदेश सभा बैठकमा सरकारका तर्फबाट नीति कार्यक्रम पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले बताउनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशको प्रथम आवधिक योजना २०७६ र २०८१ को अवधारणा पत्रका आधारमा तयार पारिएको उहाँले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रमअघि प्रदेश सरकारले प्रथम आवधिक योजनाको आधारपत्रलाई स्वीकृत गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने तयारी प्रदेश सरकारको छ ।


प्रतिक्रिया