कूल ग्राहृस्थ्य उत्पादनमा सहकारीको योगदान १० प्रतिशत पुर्‍याउने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १८, २०७६ | काठमाडौं

- भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले मुलुकको कूल ग्राहृस्थ्य उत्पादनमा सहकारीको योगदान १० प्रतिशत पुर्‍याउने बताउनुभएको छ । राष्ट्रिय सहकारी नीति २०६९ को पुनराबलोकन सम्बन्धी प्रदेश १ स्तरीय गोष्ठीमा मन्त्री अर्यालले हाल जीडिपीमा सहकारी क्षेत्रको योगदान साढे ४ प्रतिशत रहेकोमा अबको ५ बर्ष भित्र १० प्रतिशत पुर्‍याउने बताउनुभएको हो ।

सहकारी क्षेक्रको विकासका लागि सरकारले बजेट, नीति तथा कार्यत्रममा समेत प्राथमिकतामा राखेको मन्त्री अर्यालको भनाई छ । मुलुकबाट गरिबि हटाउन सहकारीको भुमिका महत्वपुर्ण हुने भन्दै उहाँले सहकारीले सामूहिक खेतीको सुरुवात गरेर अधिकतम उत्पादन वृद्धिमा जोड्दिनुपर्ने बताउनुभयो । 


प्रतिक्रिया