सुन अहिले सम्मकै महंगो
श्रावण १७, २०७६ | काठमाडौं
नेपाली बजारमा सुन अहिलेसम्मकै महंगो भएको छ । एकै दिन ८ सय रुपैयाँले वृद्धि भएर सुन आज प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै सवैभन्दा महंगो भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको मुल्य बढेको, अमेरिकाले चीनबाट आयात गर्ने सामानमा कर वृद्धि लगायत कारणले पनि सुनको मूल्यमा वृद्धि भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
पछिल्लो समय नेपालको सेयर बजारमा आएको गिरावट र डलर भन्दा भारतीय रुपैयाँको मूल्य घट्ले पनि सुनको भाउमा असर परेको उहाँको भनाई थियो । चाँदीको मूल्य भने उथावत छ । चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।