फेरि आकासियो सुनको मूल्य, अहिले सम्मकै उच्च

श्रावण २०, २०७६ | काठमाडौं

नेपाली बजारमा सुनको मूल्य पुनः बढेपछि हाल सम्मै उच्च भएको छ । सुनको मूल्य बढेर अहिले प्रतितोला ६७ हजार ८ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला पुनः १५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर १ हजार ४ सय ४१ डलर प्रति औंसत पुगेपछि त्यसको प्रभाप नेपाली बजारमा परेको हो । सुनको मूल्य अकासिएसँगै बजारमा सुनको कारोबार ७५ प्रतिशतले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

हिजो नेपाली बजारमा प्रतितोला ६५ हजार ३ सय रुपैयाँमा सुन कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

डलरको तुलनामा भारतीय रुपैयाँ (आइसी) पनि कमजोर भएको छ । सोही कारणले पनि नेपाली बजारमा सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष शाक्यको दाबी छ ।

खासगरी चीन र अमेरिककाको व्यापार युद्धका कारण सुनको मूल्य अकासिएको जानकारहरू बताउँछन् । पछिल्लो समय अमेरिककाले चीनसँगको व्यापारमा कडाइ गरेपछि लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । केही महिनायता अमेरिकाले तीन पटकसम्म चीनबाट आयात हुने सामग्रीमा कर बढाइरकेको छ । चीन र अमेरिकाको व्यापार युद्धकै कारण विश्व बजारमा सुनको मूल्य महँगो भएको र त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको जानकारहरू बताउँछन् । 


प्रतिक्रिया