नेप्से घटेसँगै कारोबारमा पनि गिरावट

श्रावण २०, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज पनि गिरावट आएको छ । सेयर कारोबार हुने साताको दोस्रो दिन बजार परिसूचक नेप्से ४ दशमलव ५५ अंकले घटेर १ हजार २ सय ५५ दशमलव ९ अंकमा पुगेको छ । अघिल्लो दिन पनि नेप्सेमा ४ मा अंकले गिरावट आएको थियो ।

नेप्से घटेसँगै कारोबारमा पनि हिजोको तुलनामा ३ करोड रुपैयाँले कमी आएको छ । कारोबार भएका मध्ये निर्जीवन बीमा र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र नेप्से प्रभावित बन्यो ।

सबैभन्दा बढी वित्त कम्पनी समूहको उपसूचक २७ दशमलव २, जीवन बीमाको २१ दशमलव ८४ र उत्पादन मूलक कम्पनी समूहको उपसूचक १६ दशमलव ९ अंकले घटेको छ । नेप्सेमा आज कुल १ सय ६७ कम्पनीका ७ हजार १ सय ९४ कारोबारबाट १५ लाख ५ हजार ५ सय ६ कित्ता सेयर किनबेच भए ।

जसअन्तर्गत, ४४ करोड ३२ लाख ५ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया