सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टर भेलिङ विधेयक पारित

श्रावण २३, २०७६ | काठमाडौं

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टर भेलिङ विधेयक, प्रतिनिधिसभाबाट पारित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रस्तुत गर्नुभएको सो विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको हो ।

त्यसअघि विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरुले व्यापार घाटा उच्च रहेको बेला स्वदेशमै उद्योगहरुको संख्या बढाई निर्यात क्रमशः घटाउदै लैजानुपर्ने बताए । नीजिकरण भएका सार्वजनिक संस्थालाई पुनः सरकारकै मातहत ल्याई उद्योग क्षेत्रलाई प्रबर्द्धन गर्न आवश्यक रहेको उनीहरुको भनाई छ । 

मन्त्री यादवले पेश गर्नुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधयेक, पनि प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी आइतबार विहान ११ बजेका लागि बोलाइएको छ । 
 


प्रतिक्रिया