स्रोत नखुलेको सुनसहित काठमाडौंबाट ३ पक्राउ

फाल्गुन २, २०७६ | काठमाडौं

काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले स्रोत नखुलेको १ सय ५० ग्राम सुनसहित ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ घर भई काठमाडौं गौशाला बस्ने ४० वर्षीय नुच्छेलाल खड्गी सहित ३ जना छन् । अन्यको परिचय भने प्रहरीले गोप्य राखेको छ । 

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बा १ य १०१२ नम्बरको पर्यटक ट्याक्सीमा सवार उनीहरुलाई सुरक्षा जाँच गर्दा सुन फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरुले कुन प्रयोजनका लागि सो परिमाणको सुन बोकेका थिए भन्ने खुलेको छैन् । 


प्रतिक्रिया