प्रहरी युनिटमा मेस सुधार अभियान सुरु

फाल्गुन १२, २०७६ | ललितपुर

सँगै खाऔं, सबैको सम्मान गरौं भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी युनिटहरुमा मेस सुधार अभियान सुरु गरेको छ । 

अभियान अन्तर्गत आज ललितपुरस्थित प्रहरी वृत सातदोबाटोमा प्रहरी अधिकृत एवं प्रहरी जवान संयुक्त मेस कार्यक्रमको प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले शुभारम्भ गर्नुभयो । 

नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छामा देखिएको विभेद अन्त्य गर्न अभियान नै चलाईएको डीआईजी पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा एउटै काम, उही बर्दी भएपनि तीन प्रकारका भान्छा (मेस) थिए, तर, अब हामीले क्रमश: त्यो हटाउँदै लगेका छौं ।’

प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मित्रबन्दु शर्माका अनुसार मेस सुधार अन्तर्गत भान्छा, पिउने पानीको धारा, खाना खाने कोठालगायतका पूर्वाधारहरुको सुधार गरिएको छ । 

हालसम्म उपत्यकामा ७ प्रहरी इकाइमा मेस सुधार कार्यक्रम लागू भइसकेको छ ।


प्रतिक्रिया