पोखरामा बीच सडकमा एक पुरुषको शव भेटियो

जेष्ठ २६, २०८२ | पोखरा

कास्कीको पोखरा महानगरपालिका–१५ वन क्याम्पसको बीच सडकमा एक पुरुषको शव भेटिएको छ । वन विज्ञान अध्ययन संस्थानको पर्खालसँगै जोडिएको सडकमा शव भेटिएको हो । 

शवको छेउमा हथौडा समेत भेटिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । 

सो शवको सनाखत हुन सकेको छैन । हत्या वा दुर्घटना भन्नेबारेमा अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताउनुभयो । सो शव बिहानै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया