‘सुन्दर तुलसीपुर–सुरक्षित तुलसीपुर’ अभियान

जेष्ठ १८, २०८२ | दाङ
दाङमा ‘सुन्दर तुलसीपुर–सुरक्षित तुलसीपुर’ अभियान सुरु भएको छ ।
तुलसीपुर उपहानगरलाई सुरक्षित शहरका रूपमा विकास गर्न तुलसीपुर उधोग बाणिज्य संघले सो अभियान सुरु गरेको हो । तुलसीपुरको बिरेन्द्र चोकमा एक कार्यक्रम आयोजना गरी अभियानको औपचारिक शुरू गरिएको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का, प्रहरी अधिकारी लगायत जिल्लाका सरोकारवालाको सहभागितामा आज पहिलो दिन स्टिकर टांसेर अभियान शुरु गरिएको छ ।
पहिलो चरणमा २० हजार स्टिकर टाँस्ने गरी अभियान सुरु भएको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीले बताउनुभयो ।