नेपाली सेनाका सहायक रथी कार्की उपरथीमा बढुवा

फाल्गुन २१, २०७६ | काठमाडौं

नेपाली सेनाका सहायक रथी सुरेशकुमार कार्की उपरथीमा बढुवा हुनुभएको छ । काठमाडौको नगरकोटस्थित नेपाली सेना वार कलेजका प्रमुख समेत रहेका सहायक रथी कार्कीलाई गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गरेको हो । 

यस्तै सोही दिनको मन्त्रिपरिषद बैठकले उपरथीमा बढुवा भएका कार्कीलाई मध्यपूर्वी पृतनास्थित पृतनापतिको जिम्मेवारी समेत दिएको छ । यसअघि मध्यपुर्वी पृतनाको पृतनापतिमा उपरथी नरेशचन्द्र भट्ट हुनुहुन्थ्यो ।  


प्रतिक्रिया