६ दिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

फाल्गुन २३, २०७६ | काठमाडौं

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आयोजना गरेको ६ दिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सकिएको छ । 

सैनिक मुख्यालय जंगी अड्डामा गत आइतबार सुरु अभिमुखिकरण कार्यक्रमको एक कार्यक्रमका बीच आज समापन भएको हो । 

समापन कार्यक्रमलाई सम्बोधन गदै जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी विज्ञान देव पाण्डेले नेपाली सेना सम्बन्धी आधारभूत ज्ञान दिलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्न मिडिया हाउसमा कार्यरत २२ जना रक्षा संवाददाताहरुको सहभागिता थियो ।

कार्यक्रममा सहभागी रक्षा संवाददाताहरुलाई नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी तथा विविध गतिविधि बारे जानकारी गराईएको थियो । 

यस्तै, सहभागीहरुलाई नेपाली सेनाको विभिन्न युनिटहरुको स्थलगत भ्रमण समेत गराईएको थियो । नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रीय तथा सबै पृतना स्तरमा सञ्चारकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ । 


प्रतिक्रिया