एटीएम फुटाउँदै गरेको अवस्थामा थिमिबाट एक पक्राउ

जेष्ठ १७, २०७७ | भक्तपुर
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ बाहाखा बजारस्थित एनआईसी एशिया बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धुपाल्चोक कदम्बास घरभई मध्यपुर थिमि नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन् ।
शुक्रबार राति सजिव चित्रकारको साढे चारतले घरको भुईतल्लामा रहेको एनआईसी एशिया बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरी गर्न एटीएम फुटाउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजिब गिरीको संयोजकत्वको टोलीले तामाङलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।
उनको साथबाट ह्याम्बर १ थान, स्क्रु १ थान बरामद गरेको भक्तपुर प्रहरी प्रमुख एसी सबिन प्रधानले बताउनुभयो । एटीएममा सामान्य क्षति पुगेको छ ।