चट्याङ्ले लागेर हेटौंडामा २ महिलाको मृत्यु

असार ११, २०७७ | हेटौंडा

हावाहुरीसँगै बुधबार राति परेको चट्याङले लागेर मकवानपुरमा २ महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मकवानपुरको बकैया गाउँपालिका–२ कालापानीमा परेको चट्याङले लागेर २५ वर्षीया बिना घिसिङ र १७ वर्षीया सम्झना घिसिङको मृत्यु भएको प्रहरी नायब उपरिक्षक इन्द्रवहादुर रानाले बताउनुभयो । 

चट्याङ लागेर १४ वर्षीय किरण जिम्वा घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकी धियालमा उपचार भईरहेको छ । 

घरमा सुतिरहेको अवस्थामा चट्याङ परेको थियो । तीन वटा घरमा चट्याङ परेको थियो । सो क्षेत्र चट्याङ प्रभावित क्षेत्र हो । 


प्रतिक्रिया